गृहपृष्ठ हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
काठमाडौं महानगरपालिका- ४, सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रासहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हात्तीको दाह्रा किनबेच गर्न लागेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ७ बस्ने पाँचथर पौवासारताप- १ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका- २६, सामाखुशी बस्ने गोरखा अजिरकोट गाउँपालिका- १ घर भएका २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ११, वालुवाखानी बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्की रहेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:१८ बजे

















