गृहपृष्ठ भारतीय सेनाद्वारा नेपाली सेनालाई १० थान आइसीयू भेन्टिलेटर प्रदान

भारतीय सेनाद्वारा नेपाली सेनालाई १० थान आइसीयू भेन्टिलेटर प्रदान

कोभिड- १९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसीयू भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गरे ।

मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड- १९ विरुद्धको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको बताए । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु