गृहपृष्ठ बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य बहसको विषय होइन : परराष्ट्र
बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य बहसको विषय होइन : परराष्ट्र
भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिको नेपाल सरकारले खण्डन गरेको छ । परारष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ‘बुद्धको जन्म भारतमा भएको’ भनी भारतीय विदेशमन्त्रीले दिएको भनाइमा सत्यता नरहेकाे जनाएकाे हाे ।
परराष्ट्र मन्त्रालयले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘बुद्धको जन्म नेपाल नै भएको’ भनी स्वीकार गरिसकेको अवस्था फेरि उक्त विवाद गर्नु उचित नहुने जनाएको छ । ‘बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने विषय स्थापित, अस्वीकार गर्न नसकिने कुरा ऐतिहासिक र पुरातात्विक प्रमाणले पुष्टि गरिसकेकाे छ । जुन युनेस्कोले पुरातात्विक सूचीमा राखेको क्षेत्र पनि हो,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा बौद्ध धर्मको विकास नेपालबाटै विश्वमा फैलिएको प्रमाणित भइसकको अवस्था फेरि यो विवादको विषय बनाइरहनु उपयुक्त नहुने सरकारले बताएको छ ।
जयशंकरले गत शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेशन अफ इन्डियन इन्डस्ट्री’ले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका थिए । उनको भनाइ बाहिर आएसँगै नेपालमा त्यसको विरोध सुरु भएको छ । नेपालका राजनीतिककर्मी, अभियन्ता लगायतले जयशंकरकाे अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
परराष्ट्रको विज्ञप्ति :

प्रकाशित समय १९:१२ बजे

















