गृहपृष्ठ घुस लिएको अभियोगमा बाग्लुङका इञ्जिनीयरविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा बाग्लुङका इञ्जिनीयरविरुद्ध मुद्दा

bisesh adalat newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आरोपी इञ्जिनीयरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ९६ हजार ३०० रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ । (रासस)

प्रकाशित समय ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु