गृहपृष्ठ नक्कली लाइसेन्स बनाएकोमा शिक्षक र २० हजार घुस लिएकोमा ईन्जिनियरविरुद्ध मुद्धा
नक्कली लाइसेन्स बनाएकोमा शिक्षक र २० हजार घुस लिएकोमा ईन्जिनियरविरुद्ध मुद्धा
शुक्लाफाँट आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षकले नक्कली स्थायी अध्यापन अनुमति पत्र लिई सेवा लिएको अभियोगमा उनीविरुद्ध अदालतमा आरोप–पत्र दायर भएको छ ।
शिक्षक मिरा रानाले नक्कली अध्यापन अनुमति पत्र लिएको प्रमाणित भएको हुँदा उनलाई भ्रष्टाचार ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कारबाही कायम हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
२० हजार घुस लिने ईन्जिनियर विरुद्ध मुद्धा
कैलाली जिल्ला, चुरे गाउँपालिका घरखेडामा कार्यरत सव ईन्जिनियर चन्द्रदेव भट्टले २० हजार घुस लिएको अभियोगमा अदालतमा आरोप पत्र दायर भएको छ ।
सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात् पनि सडकको इस्टिमेन्ट नापजाँच तथा मूल्यांकन गरेवाफत् सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायार भएको हो ।
उनले भ्रष्टाचार गरेको प्रमाणित हुन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २० हजार कायम गरी सजाय हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीविरुद भ्रष्टाचार ऐन २०५९ अनुसार कारबाही हुने मागदाबी सहित अदालतमा आरोप पत्र दायार भएको अधिकारीको भनाई छ ।
लमजुङमा ४ लाख घुुस लिएको अभियोगमा आरोप पत्र दायार
ईन्जिनियर र सबईन्जिनियर मिलेर ४ लाख बराबरको घुस लिएको अभियोगमा उनीहरुविरुद्ध अदालतमा आरोप पत्र दायर भएको छ ।
लमजुङ जिल्ला राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाई लमजुङबाट करार सेवामा नियुक्त मस्र्याङ्दी गाउँपालिकामा कार्यारत ईन्जिनियर भुपेन्द्र कुमार मण्डल र सवईन्जिनियर टीकाप्रसाद गुरुङविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायार गरिएको हो ।
उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिएकाले दुवैलाई चार लाख कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजय हुने अख्तियारको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
दुवै जनाले विभिन्न बहानामा भूकम्प पीडित आठ जना लाभग्राहीबाट ५० हजारको दरले ४ लाख घुस लिएको सूचनाको आधारमा अख्तियारको टोलीले पोखराबाट पक्राउ गरिएको हो ।
प्रकाशित समय १६:१३ बजे

















