गृहपृष्ठ प्रदेश अस्पतालका ६ चिकित्सकमा संक्रमण, ओपीडी सेवा बन्द

प्रदेश अस्पतालका ६ चिकित्सकमा संक्रमण, ओपीडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर, संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए । हाल कोरोना विशेष अस्पतालमा २३ संक्रमित उपचाररत छन् । चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपीडी सेवा बन्द गरेको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु