गृहपृष्ठ कोरोना संक्रमणबाट नेकपा नेताको निधन

कोरोना संक्रमणबाट नेकपा नेताको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा सोमबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ७८ वर्षीय उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् । (रासस)

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु