गृहपृष्ठ ९ वर्षीया बालिकालाई ५ महिनादेखि बलात्कार ! ५५ वर्षीय छिमेकी पक्राउ

९ वर्षीया बालिकालाई ५ महिनादेखि बलात्कार ! ५५ वर्षीय छिमेकी पक्राउ

arrest_pakrau_news karobar

९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पोखरा महानगगरपालिका- १०, मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका गुरूङ पीडित परिवारको छिमेकी भएको बताइएको छ ।

ती बालिकालाई विगत ५ महिनादेखि ललाईफकाई यौन शोषण गर्दै आईरहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी स्याङ्जा बिरुवा गाउँपालिका- ८, टोड्केमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा ल्याई जबरजस्ती करणी मुद्दामा  कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुको मायादेवी गाउँपालिका- २ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उल्लेखित दुवै घटनाका विषयमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु