गृहपृष्ठ कृष्णनगरमा अवैध रुपमा ल्याएको चाँदीका गहनासहित तीन जना पक्राउ

कृष्णनगरमा अवैध रुपमा ल्याएको चाँदीका गहनासहित तीन जना पक्राउ

कृष्णनगरमा अवैध रुपमा ल्याएको चाँदीका गहनासहित तीन जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल (वीओपी) कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर ४ मा भारतबाट नेपालतर्फ संकास्पद अवस्थामा आउदै गरेको गाडीलाई चेकजाँच गर्दा अवैध सामान चाँदीका गहना देखिएपछि बरामद गरिएको हो ।

लुकाई छिपाई ल्याउदै गर्ने क्रममा २१९ पिस चाँदी जस्तो देखिने सेतो धातुलगायत ४ थान मोबाइल र कारमा समेत लुकाई राखेको २० पिस पाउजुसमेत तीन जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेलले जानकारी दिए ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ परेका छन् । उनीहरुको साथबाट VI VO 17,REDMI NOTE 7 PRO, IPHONE-6 र NOKIYA 1172 मोबाइल गरि ४ थान मोबाइल बरामद गरिएको जनाएको छ ।
तत्काल सोधपुछ गर्दा शिवराज नगरपालिकाबाट कृष्णनगर नगरपालिका ४ सम्म आउन प्रयोग गरेको बा८च २९५२ नंको कारसमेत लुकाएको अवस्थामा २० पिस पाउजु बरामद गरिएको थियो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका ७ अजिगरामा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थान, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु११प २६१ र लु१७प ९४४९ नंको मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको थियो ।

अनुमति मूल्य दुई लाख अठार हजार राखेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ । साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरीले चेकिङ गर्दा नेपालबाट भारततर्फ भन्सार छलि मटर दाना १३०० केजी समातेको छ जसको अनुमानित मूल्य पैसठ्ठी हजार ६५ हजार रहेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको ईप्रका कृष्णनगरले जानकारी दिएको छ ।

प्रकाशित समय ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु