गृहपृष्ठ कटुवा पेस्तोलसहित तीन युवा पक्राउ
कटुवा पेस्तोलसहित तीन युवा पक्राउ
मोटरसाइकलमा लुकाई छिपाई राखेको कटुवा पेस्तोलसहित सिरहा प्रहरीले २ युवालाई पक्राउ गरेको छ । शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ६ बस्ने वर्ष १९ वर्षीय अजय शर्मा र मिर्चैया नगरपलिका ५ बस्ने १९ वर्षीय ज्ञानु कुमार मण्डल रहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरुलाई ३५ प ४०१३ नं को गाडीमा सवार रहेको बेलामा शंकाको आधारमा चेकजाँच गर्दा हतियारसहित फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानको क्रममा मिर्चैया ५ ब्राहबिघा बस्ने ३९ वर्षीय रमेश साहलाई पनि कटुवा पेस्तोलसहित पक्राउ गरिएको जनाएको छ । उनीहरुको अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय १०:५३ बजे

















