गृहपृष्ठ एकैदिन ३ बालिकालाई बलात्कार आरोपमा पक्राउ
एकैदिन ३ बालिकालाई बलात्कार आरोपमा पक्राउ
एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका- ३, बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको डीएसपी गंगा बहादुर थापाले बताए ।
आरोपित गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए । एघार र नौ वर्षको एउटै परिवारको रहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १५:३७ बजे

















