गृहपृष्ठ उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल

उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल

पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन् ।

अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ । (रासस)

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु