गृहपृष्ठ विप्लव समूहका नेता शर्मा पुनः जिल्ला अदालतबाटै गिरफ्तार

विप्लव समूहका नेता शर्मा पुनः जिल्ला अदालतबाटै गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का पोलिटब्युरो सदस्य अनिल शर्मा ‘बिरही’लाई जिल्ला अदालत धनुषाको गेटबाट भदौ २४ गते पुनः गिरफ्तार गरेको छ ।

धनुषामा नेता शर्माविरुद्व संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक मुद्दा दर्ता रहेका उनलाई भदौ १९ गते चितवनको भरतपुरबाट गिरफ्तार परेका थिए । विप्लव समूहका पोलिटब्युरो सदस्य बिरहीलाई जिल्ला अदालत धनुषाका न्यायाधीश विनोद खतिवडाको इजलासले भदौ २३ गते १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि अदातलबाट बाहिरिएका नेता बिरहीलाई पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी बताए ।

पुनः गिरफ्तार परेका विरहीलाई सुनसरी प्रहरीमा समेत संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक मुद्दा दर्ता रहेकाले सुनसरी प्रहरीको जिम्मा लगाइने धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु