गृहपृष्ठ नेपाली किशोरीलाई भारत लगिरहेका सात जना पक्राउ
नेपाली किशोरीलाई भारत लगिरहेका सात जना पक्राउ
नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।
बीआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शंका लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल पक्राउ परेका छन् ।
त्यस्तै २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ ।
प्रकाशित समय ०९:१६ बजे

















