गृहपृष्ठ रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गए राति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पीसीआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
प्रकाशित समय १०:२६ बजे

















