गृहपृष्ठ ‘हिमालयन आर्ट फेस्टिभल २०२०’ स्थगित

‘हिमालयन आर्ट फेस्टिभल २०२०’ स्थगित

ई-आर्टस् नेपालले सन् २०१७ देखि आयोजना गर्दै आइरहेको ‘हिमालयन आर्ट फेस्टिभल’ यस वर्ष कोभिड- १९ का कारण स्थगित गरिएको छ ।

चित्रकला, मूर्तिकला र अन्य विविध नेपाली कला संस्कृतिका पक्षलाई उजागर गर्दै यस कार्यक्रमलाई विगतका वर्षहरुमा भव्यताका साथ मनाइएको थियो । पाँच दिनसम्म सञ्चालन हुने हिमालयन आर्ट फेस्टिभलमा प्रशस्त मनोरञ्जनात्मक गतिविधिहरुले पनि विशेष स्थान राख्ने गरेका थिए ।

हाल कोभिड- १९ को परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष कार्यक्रम आयोजना नगर्ने निर्णय भएको आयोजक समितिको भनाइ छ । ‘विगतका वर्षमा झैं नेपाली कलाकार र सहभागीहरुको साथ र सहयोगले आउँदा वर्षहरुमा यस फेस्टिभललाई निरन्तरता दिने तथापि हालका लागि भने कार्यक्रम आयोजना गर्ने अवस्था नभएकाले यस वर्षका लागि हिमालयन आर्ट फेस्टिभल स्थगित भएको छ,’ आयोजक ई-आर्टस् नेपाललले भनेको छ ।

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु