गृहपृष्ठ बोर्डमै सीमित सर्केगाड इलाका प्रशासन कार्यालय
बोर्डमै सीमित सर्केगाड इलाका प्रशासन कार्यालय
हुम्लाको सर्केगाड गाउँपालिकामा इलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष बितेको छ । इलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकेको छैन ।
कानुनतः इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनुपर्ने भए पनि सर्केघाड इलाका प्रशासन कार्यालयबाट नागरिकले उक्त सेवा लिन पाएका छैनन् । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट पुग्नैपर्ने बाध्यता भएको स्थानीयले बताएका छन् ।
एक निर्वाचन क्षेत्रमा कम्तिमा एक इलाका प्रशासन कार्यालय राख्ने कानुनी व्यवस्थाअनुसार सर्केगाड गाउँपालिकाको सर्केघाडमा इलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष पुग्यो । तर, कर्मचारी अभावले सेवा सूचारु नभएपछि त्यस क्षेत्रका सर्केघाड, चंखेली, अदानचुली र ताजकोट गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम सिमकोट पुग्नैपर्ने बाध्यता छ ।
जिल्लाको मध्ये र तल्लो क्षेत्रका चार गाउँपालिकाका नागरिकले उक्त इलाका प्रशासन कार्यालयबाट सेवा नपाएपछि अहिले दुईदेखि ४ दिनको पैदल हिडेर सेवा लिन सिमकोट धाउने गरेका छन् ।
प्रकाशित समय ०८:१३ बजे

















