गृहपृष्ठ सामूहिक बलात्कार अभियोगमा ३ जना पक्राउ

सामूहिक बलात्कार अभियोगमा ३ जना पक्राउ

२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा बलात्कार गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा धुलिखेल नगरपालिका- ४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने महाभारत गाउँपालिका- १ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका- १२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।

उनीहरूले विभिन्न डरत्रास र धाकधम्की देखाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु