गृहपृष्ठ कुलोमा डुबेर एक बालकको मृत्यु

कुलोमा डुबेर एक बालकको मृत्यु

death-newskarobar

पचरौता नगरपालिका ९ स्थित आरबीआई इँटाभट्टामा काम गर्ने महमद हमिद अन्सारीको ५ वर्षीय छोरा मुना अन्सारीको इँटाभट्टास्थित कुलोमा डुबेर मृत्यु भएको छ ।

उनको मंगलबार बेलुका मृत्यु भएको  हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

अन्सारीको स्थायी घर  यूपी बरैलीका भारत हो । हाल उनी आरबीआई इँटाभट्टामा काम गर्दै आइरहेका थिए ।

 

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु