गृहपृष्ठ अखिल क्रान्तिकारी कैलालीद्वारा रक्तदान कार्यक्रम

अखिल क्रान्तिकारी कैलालीद्वारा रक्तदान कार्यक्रम

अखिल क्रान्तिकारी कैलालीले रक्तदान कार्यक्रम गरेको छ । बुधबार धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरेको अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष सुवास किरण जोशीले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अस्पतालमा बिरामीलाई रगत अभाव भएकोले अखिल क्रान्तिकारी जिल्ला समितिले रक्तदान कार्यक्रम गरेको उनले बताए । रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह, नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोल, संगठनको जिल्ला अध्यक्ष जोशी, युवा संगठन नेपाल कैलालीका अध्यक्ष विष्णु देवकोटा, पार्टी नेता सरोज, संगठनको जिल्ला सचिव महेश पातलीलगायतले रक्तदान गरेको उनले बताए ।

कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रित गरेर अखिल क्रान्तिकारीले देशव्यापी रक्तदान कार्यक्रम गरिरहेको जोशीले बताए । सरकारले पार्टीका नेता र संगठनका नेतालाई गिरफ्तार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानवीय धर्म कहिल्यै नछाड्ने बताए ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु