गृहपृष्ठ पैदलयात्री जेब्राक्रसिङमा पनि असुरक्षित, सवारीसाधनको ठक्करबाट युवतीको मृत्यु
पैदलयात्री जेब्राक्रसिङमा पनि असुरक्षित, सवारीसाधनको ठक्करबाट युवतीको मृत्यु
काठमाडौं महानगरपालिका- ३ स्थित शिक्षण अस्पतालको गेटअगाडि सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेको मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बुढानिलकण्ठ नगरपालिका- ६ बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा. ११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:२४ बजे

















