गृहपृष्ठ चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नं को ट्रकले ना ६४ प ८३६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए ।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु