गृहपृष्ठ नागरिकहरुलाई समेत कोरोना संक्रमणबाट बचाउन हरसम्भव लाग्नुस् : एसएसपी ढकाल

नागरिकहरुलाई समेत कोरोना संक्रमणबाट बचाउन हरसम्भव लाग्नुस् : एसएसपी ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्समार्फत निर्देशन सम्बोधन गरेका छन् ।

महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाहलगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

निर्देशन सम्बोधनका क्रममा एसएसपी ढकालले ट्राफिक प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमणबाट बच्न सावधानी र सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नु पर्ने बताए । साथै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, सहज र सुरक्षित बनाई आम नागरिकप्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यवसायिकता झल्किने गरी जनमूखी प्रहरी सेवा सम्पादन गर्नसमेत निर्देशन दिए ।

भिडियो कन्फरेन्समार्फत ट्राफिक महाशाखा प्रमुखले महिनाको पहिलो साता मातहत युनिटलाई निर्देशन दिनुका साथै मातहतले गरेका कामको जाहेरी लिइनेछ भने अन्तिम साता अन्तर्क्रिया गरिने महाशाखाले जनाएको छ । आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा सर्वसाधारणसँग पनि यस्तो खालको भिडियो अन्तर्क्रिया गरिने महाशाखाले जनाएकाे छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु