गृहपृष्ठ बोक्सी भन्दै सामाजिक बहिष्कार गर्ने थप पाँच जना कारागार चलान

बोक्सी भन्दै सामाजिक बहिष्कार गर्ने थप पाँच जना कारागार चलान

jail- newskarobar

बोक्साबोक्सी भन्दै सामाजिक बहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दोलखाको विगु गाउँपालिका ५ का एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक बहिष्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका ५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाएको हो । सामाजिक बहिष्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका प्रेमबहादुर गुरुङलाई भने तीन लाख धरौटी तोकिएको छ । उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो ।

उनीहरुले विगु गाउँपालिका ५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक बहिष्कार गरेको प्रहरीको आरोप छ । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक बहिष्कार गर्ने निर्णय गर्दै ती दम्पतीमाथि दुर्व्यवहार गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको छ । (रासस)

प्रकाशित समय ०६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु