गृहपृष्ठ सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने
सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने
सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने भएको छ । कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी गरिने जनाएको छ ।
सेवाग्राहीलाई उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत भुक्तानी अनलाइनबाट सुरु गरेको कोषले जनाएको छ । लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाता विवरण अनुरूप अनलाइन भुक्तानी प्रदान गरिने कोषले जनाएको छ ।
रोजगारदाताले कोषको अनलाइन प्रणालीमा आफूलाई रजिस्टर गराई आफ्ना श्रमिकका हकमा गर्ने योगदानमा आधारित रकम संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई–पेमेन्ट सदस्य बैङ्क, वित्तीय संस्थाका शाखामार्फत नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ ।

प्रकाशित समय १०:३९ बजे

















