गृहपृष्ठ भिनाजुद्वारा ५ वर्षीय बालकको करणीपछि हत्या
भिनाजुद्वारा ५ वर्षीय बालकको करणीपछि हत्या
धनुषा एक जनाले ५ वर्षीय बालकको करणीपछि हत्या गरेका छन् । सालो नाता पर्ने बालकलाई अप्राकृतिक (मलद्वार) मा करणी गरी हत्या गरेको आरोपमा सवैला नपा–७ भठिहनका २२ वर्षीय भिनाजू रामबहादुर सदालाई पक्राउ गरेको छ ।
असोज १५ गते दिउँसो मृतक रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाउँदै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन (मलद्वारमा) करणी गरेका थिए । सालोलाई मलद्वारमा करणी रहेको बेलामा सालो वेहोस भएपछि रामबहादुर सदाले मृतकले लगाएको कन्दनी (डारा) ले घाँटी कसी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
असोज १५ गते दिउँसो छोरा हराएपछि खोजी गर्दै जाँदा धनुषाधाम नपा–७ स्थित कृषि इटटा उद्योगमा वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा छोराको लास फेला परेको मृतकका बुवा रामेश्वर सदाले बताए ।
मृतक बालकको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्टमा बालकलाई मलद्धारमा करणी गरेको खुलेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी शनिवार सार्वजनिक गरेको हो ।
प्रकाशित समय ११:०९ बजे

















