गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनको लागि बन्द  गरिएको छ । आजदेखि २२ गतेसम्मका लागि पार्टी मुख्यालय बन्द हुने भएको हो ।

केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोनाभाइरसको  संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केहीको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु