गृहपृष्ठ बसभित्र सामूहिक बलात्कार ! चालक पक्राउ
बसभित्र सामूहिक बलात्कार ! चालक पक्राउ
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका- १० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा. ३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीमाथि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्कासमेत २ जनालाई पक्राउ गरेको हो ।
बलात्कारमा संलग्न रही फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित समय १४:४८ बजे

















