गृहपृष्ठ प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक सेवा बन्द
प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक सेवा बन्द
जिल्ला प्रशासन कार्यालय सुर्खेतको अत्यावश्यक सेवा बन्द गरिएको छ । कार्यालयका केही कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि सोमबार सूचना प्रकाशित गरी अत्यावश्यक सेवा बन्द गरिएको हो ।
‘कार्यालयको नागरिकता शाखामा अत्याधिक घुँइचो छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘एकजना अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । अरु तीन जना होम आइसोलेसनमा ।’ कर्मचारीहरुलाई रुघा ज्वरोको लक्षण देखिएपछि काम गर्ने मनस्थिति नभएको उनले बताए ।
कसैको नगरी नहुने काम भए आफूहरुले अवस्था हेरी काम गरिदिने समेत उनले जानकारी दिए । रेग्मीले अर्को सूचना नभएसम्मका लागि कार्यालयको अत्यावश्यक सेवा बन्द गरिएको बताए ।
प्रकाशित समय ०९:२२ बजे

















