गृहपृष्ठ छाङरू-तिंकर घोडेटो बाटो उद्घाटन

छाङरू-तिंकर घोडेटो बाटो उद्घाटन

नेपाली सेनाद्वारा निर्माण गरिएको दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिंकर गाउँसित जोड्ने घोडेटो बाटोकाे उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार बाटाेकाे उद्घाटन गरेका हुन् ।

नेपाली सेनाले झण्डै चार महिनाको प्रयासपछि व्यास गाउँपालिका- १, घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरा फोडेर उक्त बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरा फोडेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सो बाटो निर्माण गर्न एक करोड ८ लाख खर्च भएको छ ।

घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलंगाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिक रुपमा परिचालन गरिएको थियो ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु