गृहपृष्ठ युवती बेचविखन गरेको अभियोगमा टाउटाउ तामाङ पक्राउ
युवती बेचविखन गरेको अभियोगमा टाउटाउ तामाङ पक्राउ
एक युवतीलाई भारतका लगेर बेचविखन गरेको आरोपमा सिन्धुपाल्चोक स्थायी घर भएका टाउटाउ तामाङ पक्राउ परेका छन् । प्रहरीका अनुसार विभिन्न प्रलोभनमा पारी २० वर्षीया युवतीलाई भारत लगी बेचबिखन गरेको आरोपमा काठमाडौं नयाँबस्ती बस्दै आएका ५२ वर्षीय तामाङ शुक्रबार पक्राउ परेका हुन् ।
लामो समयदेखि महिला बेचबिखन कार्यमा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका(५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ उपर मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित समय १७:५२ बजे

















