गृहपृष्ठ सामुदायिक वनका अध्यक्ष घुससहित पक्राउ

सामुदायिक वनका अध्यक्ष घुससहित पक्राउ

arrest_पक्राउ_news karobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

सबडिभिजन वन कार्यालय, तारानगर कैलालीले ट्रयाक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेञ्जर रामअवतार चौधरीलाई उक्त रकम दिन बिचौलियाको भूमिका निर्वाह गरेको आरोप रानालाई आयोगले लगाएको छ ।

आयोगको कञ्चनपुरबाट गएको टोलीले कैलाली, धनगढी उपमहानगरपालिका –१ को पार्क मोड भन्ने स्थानबाट बिहीबार पक्राउ गरिएको र अनुसन्धान जारी रहेकाले शुक्रबारसार्वजनिक गरिएको हो ।

अभियुक्त रानामथि थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु