गृहपृष्ठ आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

brahmacharini-newskarobar

बडा दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन नारायणकी शक्तिस्वरुपा महामाया ब्रह्मचारिणी देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ ।

यी देवीको स्मरणद्वारा उपासकमा ब्रह्मचर्यको पालना गरी निरन्तर आत्मविद्याको माध्यमबाट भक्तिको दियो हृदयमा जलाउन सक्ने सामर्थ्य प्राप्त हुने भएकाले हरेक नवरात्रमा ब्रह्मचारिणी शक्तिको उपासना अपेक्षित छ । यस दिनमा उपासना गर्ने उपासक इहलौकिक एवं पारलौकिक दुवै प्रकारका सुखभोग गर्दै मोक्षपद प्राप्त गरी आनन्दमा रम्ने शास्त्रीय मान्यता छ ।

चतुवर्ग फल प्रदान गर्ने क्षमता ब्रह्मचारिणीमा रहेको मानिन्छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान स्वाधिष्ठान चक्रमा केन्द्रित हुन्छ ।

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु