गृहपृष्ठ उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु, तीन घाइते

उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु, तीन घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

उदयपुरको कटारी नगरपालिका- १४ भदौरेमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको कार (स्कारपियो) शनिबार राति ११:५५ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको कार सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ- ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ । त्यस्तै घाइते हुनेहरूमा ओखलढुंगाको मानेभञ्ज्याङ- ९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया- ४ का २८ वर्षीय पवन खड्का रहेका छन् ।

घाइतेहरूको स्थानीय कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु