गृहपृष्ठ कोरोनामुक्त हुनेको संख्या उत्साहजनक, विश्वभर ९६ प्रतिशत संक्रमित डिस्चार्ज भए
कोरोनामुक्त हुनेको संख्या उत्साहजनक, विश्वभर ९६ प्रतिशत संक्रमित डिस्चार्ज भए
विश्वभर कोरोनाभाइरस (कोभिड– १९)बाट संक्रमित भएकामध्ये ९६ प्रतिशत डिस्चार्ज भएका छन् । संक्रमितमध्ये हालसम्म ३ करोड ३५ लाख ३३ हजार ५२ जना कोरोनामुक्त भएको वल्र्डोमिटरले उल्लेख गरेको छ ।
विश्वभर ११ लाख २२ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । बितेका २४ घण्टाभित्र मात्रै विभिन्न देशमा ४ हजार ३८९ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर मृत्यु हुनेको कुल संख्या ११ लाख २२ हजार ९९२ पुगेको छ । यो मृतक संख्या कुल संक्रमितको ४ प्रतिशत हो । पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमित हुनेको संख्या ४ करोड ६४ लाख ८५ हजार २७ जना छ । गएको २४ घण्टामा ३ लाख ३७ हजार ८५४ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ रहेको छ । गएको २४ घण्टामा अमेरिकामा थप ५७ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाबाट हालसम्म अमेरिकामा २ लाख २५ हजार २२२ जनाको मृत्यु भएको छ ।
भारतमा संसारमै दोस्रो बढी संक्रमित रहेका छन् । त्यहाँ संक्रमतिको संख्या ७५ लाख ९४ हजार ७३६ जना पुगेको छ । भारतमा हालसम्म कोरोनाबाट एक लाख १५ हजार २३६ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १२:४६ बजे

















