गृहपृष्ठ बटेश्वर गाउँपालिकाका १६ शिक्षकलाई कम्प्युटर आधारभूत तालिम

बटेश्वर गाउँपालिकाका १६ शिक्षकलाई कम्प्युटर आधारभूत तालिम

देशभर लकडाउन र निषेधाज्ञा भई विद्यालयको औपचारिक पठन पाठन ठप्प रहेको बेलामा बटेश्वर गाउँपालिकाका १६ विद्यालयका शिक्षकहरुलाई कम्प्युटर सम्बन्धि तीन महिने आधारभूत तालिम दिइएको छ ।

शिक्षा क्षेत्रमा कार्यरत आफन्त नेपालको समन्वयमा बटेश्वर गाउँपालिकाको १६ वटा सामुदायिक विद्यालयका १६ जना प्रतिनिधि शिक्षकलाई तीन महिने आधाभूत कम्प्युटर तालिम दिइएको छ ।
विद्यालयमा औपचारिक रुपमा पढाई लेखाई बन्द रहेको बेलामा शिक्षकहरुको आधारभूत ज्ञान अपडेट र हालको प्रविधिमैत्री बनाउनसमेत शिक्षकहरुको कार्य दक्षतामा वृद्धि गरिनुपर्ने लक्ष्यका साथ बटेश्वर गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा आफन्त नेपालले कम्प्युटर तालिम दिएको हो ।

शिवशक्ति नमूना विद्यालय बटेश्वरमा आयोजना गरिएको शिक्षकहरुको क्षमता अभिवृद्धिसम्बन्धि आधारभूत कम्प्युटर तालिममा सहभागीहरुलाई कार्तिक ५ गते एक समारोहका बीच गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री र उपाध्यक्ष प्रमिला सिंहले सहभागी शिक्षकहरुलाई सर्टिफिकेट प्रदान गरेकी हुन् । विद्यालयहरुलाई डिजिटल प्रविधिमा विशेष सक्रिय गराउने उद्देश्यका साथ शिक्षकहरुलाई तीन महिने कम्प्युटर शिक्षाको तालिम प्रदान गाउँपालिका अध्यक्ष राउतले बताए ।

शिवशक्ति नमूनामा विद्यालयका प्रध्यानाध्यापक लक्ष्मेश्वर मण्डलको अध्यक्षतामा आयोजित सर्टिफिकेट वितरण समारोहमा वडा नं. ३ का अध्यक्ष हिरालाल महतो, वडा नं. २ का गंगाराम कुवर, शिक्षा प्रमुख रामलाल महतो, आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डल, शिक्षा संयोजक विष्णुकुमार यादव, प्रशिक्षक भरतकुमार मण्डललगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु