गृहपृष्ठ दुर्गा भवानीको पूजा गरी आज महाअष्टमी पर्व मनाइँदै

दुर्गा भवानीको पूजा गरी आज महाअष्टमी पर्व मनाइँदै

विजयादशमीको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ । आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआराधना गरिन्छ ।

दसैंघर तथा जमरा राखिएको कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ । साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ । हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

आजको दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ । देवीहरुलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली पनि दिइन्छ । तर विशेषगरी आज बोका, रागाँ, परेवा, हाँस र भेंडाको बली अर्थात् पञ्चबलि दिने प्रचलन छ । पशुबली नदिनेहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्छन् ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु