गृहपृष्ठ कैदीबन्दीलाई बडादसैँ मनाउन ‘खसी’
कैदीबन्दीलाई बडादसैँ मनाउन ‘खसी’
कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैँ मनाउनका लागि खसी उपलब्ध गराइएको छ ।
लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए ।
यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालिन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।
प्रकाशित समय ०८:१६ बजे

















