गृहपृष्ठ कोरोना उपचार निःशुल्क गर्न देशभरका सरकारी‑निजी अस्पताललाई सरकारको निर्देशन

कोरोना उपचार निःशुल्क गर्न देशभरका सरकारी‑निजी अस्पताललाई सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी‑निजी अस्पताललाई खर्च व्यहोर्न नसक्ने संक्रमितको कोरोनाको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । विपन्न, असहाय, अपांगता भएका र फ्रन्टलाइनमा खटिएकाहरुबाहेक अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी आलोचना खेपेको सरकारले ‘उपचार खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न’ निर्देशन दिएको हो ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का को‑अर्डिनेटर डा. गुणराज लोहनीले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड १९ संक्रमितको उपचार निःशुल्क गर्नुहुन यो विज्ञप्ति जारी गरिएको छ ।’

गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यसविपरीत काम गरे अस्पतालहरु स्वयं जिम्मेवार हुने बताएका छन् ।

विज्ञप्ति

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु