गृहपृष्ठ भारतीयलाई नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
भारतीयलाई नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा कैलालीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन् ।
वडाध्यक्ष जोशीले भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको भन्दै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि वडा अध्यक्षलाई पक्राउ गरिएको बताए ।
प्रवक्ता विष्टले भने, ‘चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । अन्सारी टीकापुर नगरपालिका ७ बस्दै आएका छन् ।’ अहिले नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:१६ बजे

















