गृहपृष्ठ बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ

बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ

child rape_arrest news karobar

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको ईटहरी उपमहानगरपालिका- १८ घर भएका २२ वर्षीय टेक नारायण चौधरीलगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकालाई धरान उपमहानगरपालिका- १० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधीन भवनमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु