गृहपृष्ठ १० लाख घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ
१० लाख घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ ।
हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो । डीएसपी भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो ।
ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनियर जैसवालले १० लाख रूपैयाँ मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।
प्रकाशित समय १९:०७ बजे

















