गृहपृष्ठ कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

फाइल तस्बिर ।

कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । जिल्लाको टीकापुर नगरपालिका- १ का ३९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका- ४ की ५९ वर्षीया महिलाको कोरोनाबाट गतराति मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टिकापुर नगरपालिकाका पुरुषलाई कात्तिक १५ र बर्दगोरीया गाउँपालिकाकी महिलालाई १९ गते कोरोना पुष्टि भएको थियो । संक्रमणपछि दुवै होम आइसोलेशनमा बस्दै आएका थिए । दुवै जनाको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

यसअघि शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका- ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको काेराेनाका कारण मृत्यु भएको थियो । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका- १ की ५६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको थियो ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु