गृहपृष्ठ छिमेकीलाई आगो लगाएको अभियोगमा पक्राउ
छिमेकीलाई आगो लगाएको अभियोगमा पक्राउ
छिमेकी ३८ वर्षीय भद्र बहादुर परियारलाई पेट्रोल छर्की आगो लगाई गम्भीर घाइते बनाएको अभियोगमा बर्दघाट नगरपालिका- १६, बनदेबी बस्ने ४५ वर्षीय टेक बहादुर बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
टेक बहादुरको घरको बरण्डामा दुवै जनासँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा बुढाथोकीले परियारलाई पेट्रोल छर्की आगो लगाईदिँदा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते परियारको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:०२ बजे

















