गृहपृष्ठ पेस्तोल र म्यागजिनसहित तीन जना पक्राउ
पेस्तोल र म्यागजिनसहित तीन जना पक्राउ
फाइल तस्बिर ।
बेदकोट नगरपालिका- २, बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका- १, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका- ५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्यागजिनसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका- ५, पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त घटनामा प्रयोग भएको से. ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट प्रहरीले १ थान म्यागजिन र २ राउण्ड गोली फेला पारेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १३:०९ बजे

















