गृहपृष्ठ अग्निपीडित परिवारलाई हङकङबाट आर्थिक सहयोग
अग्निपीडित परिवारलाई हङकङबाट आर्थिक सहयोग
रोजगारका लागि हङकङमा रहेका उर्लाबारीका युवाहरुको समूह ‘उर्लाबारी युथ ग्रुप हङकङ’ले अग्निपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मोरङको उर्लाबारी- ९, आम्बारीमा ७ महिनाअघि आगलागीबाट घर जलेका तारा लिम्बु र शान्ता लिम्बुलाई ग्रुपले ६० हजार रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, संस्थाका प्रतिनिधि नरबहादुर मोक्तान र योबाहाङ तुम्बाहाम्फेले संयुक्त रुपमा शनिबार हस्तान्तरण गरे । सहयोग रकममध्ये तारालाई ३५ र शान्तालाई २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
स्थानीय स्तरमा विभिन्न समस्याहरुमा उर्लाबारी युथ ग्रुप हङकङले सहयोग गर्दै आएको र मानवीय सेवामा संस्थाले पुर्याएको सहयोगको मेयर फागोले प्रशंसा गरे । उनले कोरोना कहरलाई सामान्य रुपमा लिन नहुने भन्दै माक्स सेनिटाइजर प्रयोग गर्दै सामाजिक दुरी कामय गर्न आग्रहसमे गरे ।
कोरोना कहरका कारण रोजगार र व्यवसायका क्षेत्र धरासयी भइरहेको अवस्थामा गाउँठाँउको समस्यामा संस्थाले सकेको सहयोग गरेको ग्रुपका अध्यक्ष सांगेहाङ तुम्बाहाम्फेले बताए ।

प्रकाशित समय १४:२३ बजे

















