गृहपृष्ठ प्रधानमन्त्रीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान
प्रधानमन्त्रीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान
प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।
उनले सन्देशमा भनिएका छन्, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उनीप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’
प्रकाशित समय ११:५५ बजे

















