गृहपृष्ठ भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी यही मंसिर दोस्रो साताभित्र नेपाल आउन लागेका हुन् ।

सीमा विवादका कारण नेपालसँगको सम्बन्धमा चिसोपन आएपछि भारत सरकारले विदेश सचिव श्रृंगलालाई नेपाल पठाउन लागेको सञ्चारमाध्यमले जनाएका छन् ।

एक दिनअघि मात्र भारतीय सेनाध्यक्ष मुकुन्द नरवणे तीन दिने भ्रमण सकेर स्वेदश फर्किएका थिए ।साथै, कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु