गृहपृष्ठ जनकपुरधाममा ५८ बोतल तेजाबसहित व्यापारी पक्राउ

जनकपुरधाममा ५८ बोतल तेजाबसहित व्यापारी पक्राउ

pakrau-arrest-newskarobar

जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिबार श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा तेजाबका बिक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनाका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहले बताए । चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उनको विवाह भएको थियो ।

विवाह भएको केही समयपश्चात् नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताए । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताए ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु