गृहपृष्ठ सीडीओको आश्वासनपछि आन्दोलनका कार्यक्रम फिर्ता

सीडीओको आश्वासनपछि आन्दोलनका कार्यक्रम फिर्ता

पीडित पक्षसँग कुराकानी गर्दै प्रजिअ रेग्मी ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटअगाडि तीन वर्षीय बालक समिर नेपालीलाई मोटरसाइकलले ठक्कर दियो । ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालक भने फरार छन् । चालक फरार भएपछि मृतक बालकका आफन्तहरुले सडकमा टायर बाल्दै आन्दोलन गरेका थिए ।

मृतकका आफन्तहरुले बिहीबारदेखि आन्दोलनलाई थप चर्काउने तयारी गरेपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहितको सुरक्षा टोली मृतकको घरमै पुगेर मोटरसाइकल चालकलाई खोजी गरी कारबाही गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका हुन् । प्रजिअसहितको टोलीले मोटरसाइकल र चालकको खोजी भइरहेको र चाँडै पक्राउ हुने भएकाले अहिले कुनै पनि किसिमको आन्दोलन नगर्न पीडित परिवारलाई अपिल गरेका थिए ।

पीडित परिवारले बिहीबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाको बाँगेसिमलमा विरोध सभाको आयोजना गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता गर्ने निर्णय गरेको स्थानीय दिनेश खत्रीले जानकारी दिए । उनका अनुसार दोषी पत्ता नलागुञ्जेल प्रहरी अनुसन्धानमा सघाउ पुर्‍याउनको लागि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको हो ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु